• जेष्ठ १२ २०८२, आईतवार

एमाले सचिवालय बैठक बस्दै,यस्ता छन् एजेन्डा

जेष्ठ १२ २०८२, आईतवार

काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा (आज) आइतबार दिउँसो २ बजे बस्नेछ ।

बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे छलफल हुनेछ। त्यस्तै पार्टीको सांगठनिक गतिविधि, सरकारको कामको समीक्षा र मूल्यांकन हुने एमालेले जनाएको छ।