१० जेठ, काठमाडौँ । आजबाट नागढुंगा–नौबिसे सडकखण्डमा पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको छ । आज १० गतेबाट २५ गतेसम्म बिहानको १०ः३० बजेदेखि ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी निर्माण कार्य सुरु गरिएको हो ।
नागढुंगा–पिपलामोड सडक निर्माण तथा कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ । सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठुला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।
काठमाडौँबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ ।