• बैशाख २० २०८३, आईतवार

बैतडीमा ५.१ रेक्टरको भूकम्प,आसपासका जिल्लामा धक्का महसुस

जेष्ठ ९ २०८२, शुक्रबार

बैतडी। बैतडी सदरमुकाम भएर भूकम्प भएको छ। सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलंगा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए ।

भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।