काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज काठमाडौं क्षेत्रीय संगठनले बुधबार विष्णुमती खोला परिसरमा फालिएका प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान सम्पन्न गरेको छ । विश्व वातावरण दिवस तथा विश्व महासागर दिवसको उपलक्ष्यमा प्लास्टिक फुटप्रिन्ट मेटाउने सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
बुधबार सम्पन्न उक्त कार्यक्रम अन्तरगत टोखा, काठमाडौं, पुतलीसडक, ग्रिन्डल्याण्ड र साङ्ला आदि क्षेत्रहरूका स्थानीय प्रशासनका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो । सो अवसरमा बजार क्षेत्र र सडकपेटी क्षेत्र सरसफाई गरिएको छ । सो कार्यक्रम अन्तरगत विहीबार सेसमती र जरङ्खु खोला आसपासको क्षेत्र पनि सरसफाई गरिने कार्यक्रम रहेको छ ।
कार्यक्रममा परमेश्वरको मण्डलीका अध्यक्ष तेजेन्द्र गौतमले विश्व वातावरण दिवसमा प्लास्टिक फुटप्रिन्ट मेटाउने अभियान आमाको मन लिएर गर्नुपर्ने बताए । कार्यक्रममा टोखा नगरपालिकाका अध्यक्ष प्रकाश अधिकारीले परमेश्वरको मण्डलीले सरसफाईमा निःस्वार्थ भावले सहभागी मण्डलीका सदस्यरुलाई टोखा नगरपालिकाको तर्फबाट धन्यवाद दिए ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रशासकीय प्रमुख शेरबहादुर बीसीले विश्व वातावरण दिवस तथा विश्व महासागर दिवसको उपलक्ष्यमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले प्लाष्टिकजन्य गरेको फोहोरहरु संकलन गर्ने कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
उक्त सरसफाई कार्यक्रममा महानगरीय अस्थायी प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक शरणविक्रम शाह र ढलमल प्रगति टोल विकासका अध्यक्ष हरिशरण खरेल लगायतको उपस्थिति रहेको थियो ।