• जेष्ठ १० २०८२, शुक्रबार

गर्मिबाट बच्ने उपायहरु यस्ता छन्

जेष्ठ ९ २०८२, बिहीबार

गर्मिबाट बच्ने उपायहरु यस्ता छन् :

-कपडाको छनौटले पनि गर्मीयाममा हामीलाई गर्मीको प्रकोपबाट बचाउने गर्दछ विशेष गरी गाढा रङका लुगाहरूको साटो हल्का, लुज कपडाहरू लगाउने गरेमा पनि गर्मीको जोखिम कम हुने गर्दछ । कपास वा लिनेन जस्ता कपडाहरू लगाउने गर्नुहोस्, किनकि तिनीहरूमा हावाको संचार राम्रो हुन्छ र तपाईंको शरीरलाई धेरै तातो हुनबाट रोक्दछ ।

– गर्मीयाममा विशेषत हामीले शरीर चिसो बनाउने खानेकुरा वा फलफूल जस्तै खर्बुजा, काक्रो, नरिवल, सुन्तला, कागती, अंगुर, भुइकटर, अनार, अम्बा, आदि खाने गर्नु पर्दछ । यस्ता फलफूलले पनि शरीरलाई हाईड्रेट गर्ने गर्दछन् ।

-आफ्नो बस्ने ठाउँलाई प्रत्यक्ष सूर्यको किरणबाट जोगाउन पर्दा वा ब्लाइन्डहरू प्रयोग गर्नुहोस् । इलेक्ट्रोनिक सामाग्री प्रयोग नभएको बेला बन्द गर्ने र घरमा हावाको बहावलाई सञ्चालन गर्नु पर्दछ । साथ साथै गर्मीको जोखिमबाट बच्नका लागि घर वरपर रुख बिरुवाहरू रोप्ने गर्नु पर्दछ िजस कारण घर वरपरको वातावरणलाई शितल बनाउने गर्दछ

-घामबाट निस्किएका अल्ट्रा भाइलेट जस्ता घातक विकीरणहरूबाट बचाउनका लागि गर्मीयाममा घर बाहिर निस्कँदा चिकित्सकको सल्लाह अनुसार आफ्नो छालालाई मेल खाने सन स्क्रिनको प्रयोग गरेमा छालामा आउन सक्ने समस्या न्यूनीकरण हुनुका साथै क्यान्सर जस्तो जोखिमपूर्ण रोगको सम्भावनालाई कम गर्न सकिन्छ ि