• जेष्ठ ९ २०८२, बिहीबार

सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

जेष्ठ ८ २०८२, बुधबार

७ जेठ, काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य तोलामा ५ हजार रुपैयाँ बढेको छ । मंगलबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको हो ।