• जेष्ठ ६ २०८२, सोमबार

कोशी प्रदेशसभा बैठक बस्दै,नीति तथा कार्यक्रम प्रस्तुत गरिने

जेष्ठ ६ २०८२, सोमबार

विराटनगर ।  कोशी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने छ ।

आजको बैठक कोशी प्रदेश सरकारलेको आर्थिक वर्ष ०८२–०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।

बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।