लससुनका बेफाइदा यस्ता छन् ः
-यदि तपाईं आफ्नो खानामा लसुनको बढी प्रयोग गर्नुहुन्छ भने यसको अर्थ तपाईंले आफ्नो शरिरमा थप क्यालोरी जोडिरहनु भएको छ । यसले तौल बढ्ने सम्भावना अत्यधिक हुन्छ ।
-लसुनले तपाईंको रक्त नलीलाई फैलाउने काम गर्नसक्छ । अर्थात्, घाउ लाग्दा वा शल्यक्रिया गर्दा तपाईंको रगत अरुको भन्दा धेरै बग्छ । त्यसकारण घाउ ठिक नभएसम्म लसुन खानबाट बच्नुहोस् ।
-लसुनलाई चमत्कारिक जडीबुटीको रुपमा मानिन्छ तर यसको अत्यधिक सेवन तपाईंको सासमा दुर्गन्ध फैलाउन सक्छ । यहाँसम्म कि यसको सानो टुक्राले पनि तेज गन्ध निम्त्याउन सक्छ ।
-लसुनले ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याकमा जलन पैदा गर्नसक्छ । त्यसकारण यदि तपाईंलाई पाचन सम्बन्धि समस्या छ भने लसुनको प्रयोगमा सावधानी अपनाउनुहोस् ।