३ जेठ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ ।
कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो ।
धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप भएको छ ।
विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् ।
अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल असुर ग्यास समेत प्रहार गरेका छन् ।