• जेष्ठ ४ २०८२, शनिबार

पोखराको सेती नदीमा हामफालेका युवकको उद्वार

जेष्ठ ४ २०८२, शनिबार

जेठ ३, काठमाडौं । पोखराको सेती नदीमा हामफालेका एक युवकको उद्धार गरिएको छ ।

पोखरा महानगरपालिका–१०, पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हामफालेका युवकको सशस्त्र प्रहरी बलले शुक्रबार राति उद्धार गरेको हो ।

अन्दाजी २०–२१ वर्षीय युवकले आत्महत्याका लागि नदीमा हामफालेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट खटिएको विपद् व्यवस्थापनसहितको टिमले राति साढे ९ बजे रोपरेस्क्यू प्रयोग गरी युवकको उद्वार गरेको हो ।

एक सय मिटर तल सेती नदीको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका युवकलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ ।