• जेष्ठ २ २०८२, बिहीबार

हिजो मखनटोलपछि आज सतुङ्गलस्थित कपडा पसलमा आगलागी,क्षतिको विवरण आउन बाँकी

जेष्ठ २ २०८२, बिहीबार

काठमाडौं ।  काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ सतुङ्गल चोकस्थित कपडा पसलमा बिहीबार बिहान आगलागी भएको छ ।
कपडा तथा कम्प्लेक्समा विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पौडेलको कमाण्डमा २५ र थप १५ गरी ४० जनाको टोली खटिएको थियो ।

यस्तै प्रहरी वृत्त थानकोटबाट ३० जनाको टोली परिचालन गरिएको थियो । आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।