• बैशाख २० २०८३, आईतवार

बागबजारमा युवतीको बलात्कारपछि हत्या आरोपमा भारतीय भूपू सैनिक पक्राउ

बैशाख ३१ २०८२, बुधबार

वैशाख ३१, काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ ।

गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ ।

चैत ११ गते मृत फेला परेकी युवतीको पोष्टमार्टमा बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।

उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।