• जेष्ठ १ २०८२, बुधबार

‘विश्वकै गरिब राष्ट्रपति’ को रूपमा चिनिएका जोसको निधन

जेष्ठ १ २०८२, बुधबार

 

वैशाख ३१, काठमाडौं । ‘विश्वकै गरिव राष्ट्रपति’ को नामले समेत चिनिने जोस मुजिकाको निधन भएको छ । उनको ८० वर्षको उमेरमा निधन भएको हो ।

जोस ल्याटिन अमेरिकी देश उरुग्वेका पूर्वराष्ट्रपति हुन् । उनले सन् २०१० देखि २०१५ सम्म उरुग्वेको राष्ट्रपतिको रुपमा जिम्मेवारी सम्हालेका थिए ।

यी पूर्वगुरिल्ला नेताले आफ्नो साधारण जिन्दगीको लागि विश्वभर ख्याती कमाएका थिए । जसका कारण उनलाई विश्वकै सबैभन्दा गरिब राष्ट्रपतिको रूपमा चिनिन्थ्यो ।

पूर्वराष्ट्रपतिको निधनको खबर उरुग्वेका राष्ट्रपति यामान्डु ओरसीले पनि पुष्टि गरेका छन् । उनले आफ्नो एक्स एकाउन्टमा लेखेका छन्( तपाईंले हामीलाई जे दिनुभयो त्यसको लागि र जनताहरूप्रतिको गहिरो प्रेमका लागि धन्यवाद ।