• जेष्ठ १ २०८२, बुधबार

सदनमा माओवादी प्रश्न,‘बिना सूचना किन विजुली लाइन काटिन्छ ?’

बैशाख ३० २०८२, मंगलवार

काठमाडौं । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले गर्मीका बेला नेपाल विद्युत् प्राधिकरणले बिना सूचना घण्टौँ बिजुली काट्ने गरेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बिजुली काट्दा जनजीवन प्रभावित भएको बताइन् ।

‘जनता गर्मीका कारण अत्तालिएका छन् । यस्तो प्रचण्ड गर्मीमा विद्युत् प्राधिकरणले पटकपटक बिना सूचना लाइन काटेको छ । यसरी घण्टौँ लाइन काटिँदा जनजीवन कष्टकर बनेको छ,’ उनले भनिन् ।

‘यही साधन स्रोतले यसअघि नियमित लाइन दिन सक्ने प्राधिकरण अहिले किन लाइन काट्छ ? जनतालाई सूचना दिँदैन,’ उनले भनिन् ।