वनजंगलमा पाइने तरकारीमध्ये एक निगुरो पनि पाइन्छ । वनजंगलमा आफै पलाउने यो तरकारी कतिपयले जंगलबाट खोजेरै निगुरोको तरकारीले छाक टार्ने गर्छन् । वर्षायाम लागेसँगै कतिले बनजंगलबाट खोजेर र कतिले बजारबाट किनेर निगुरो पकाउने गर्छन् । निगुरोलाई भुटेर वा आलुसँग मिसाएर पनि सेवन गर्न सकिन्छ ।
पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।
निगुरोको तरकारी तपाईले धेरै पटक खानु भएको छ होला । तर यसको फाइदा बारे तपाईंलाई जानकारी नहुन सक्छ ।
निगुरो खानुका केही फाइदा:
निगुरोमा प्रोटिन, भिटामिन क्याल्सियम लगायतका पोषक तत्व पाइन्छ । निगुरोमा भिटामिन ए पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । निगुरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ । बालबालिका र गर्भवती महिलालाई त निगुरो झनै बढी लाभदायक छ । किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ । त्यस्तै निगुरोमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाउन सकिन्छ । जसले आखालाई फाइदा पुग्छ ।
पोटासियमले मुटुलाई स्वस्थ्य राख्न सहयोग पुर्याउँछ । निगुरोमा आइरनको मात्रा पनि पर्याप्त मात्र पाइन्छ । जसका कारण रातो रक्त कोशिका वृद्धिमा पनि सहायता पुग्छ ।