वैशाख २७, काठमाडौं । भारतीय सेनाले पाकिस्तानले ड्रोन र अन्य सैन्य सामग्री प्रयोग गरी भारतको पश्चिमी सीमामा गरेको आक्रमण स्पष्ट उक्साहट भएको बताएकोे छ ।
स्थानीय समयानुसार शुक्रबार ११ः३० बजे राति भारतको पंजाब राज्यको अमृतसर शहरको खासा क्यान्टोनमेन्टमा धेरै ड्रोन उड्दै गरेको देखिएको सेनाले बताएको छ ।
‘हाम्रा हावाई रक्षा इकाइहरूले तत्कालै पाकिस्तानी ड्रोनलाई अवरोध गरी नष्ट गर्याे,’ सेनाले एक्समा पोष्ट गर्दै भनेको छ, ‘पाकिस्तानले भारतको सार्वभौमिकतालाई उल्लंघन गर्ने र नागरिकहरूलाई जोखिममा पार्ने यो प्रयास अस्वीकार्य छ । भारतले शत्रुको योजना विफल पार्नेछ ।’