काठमाडौँ । रेशम चौधरीलाई थुनामा पठाउने सम्बन्धमा सर्वोच्च अदालतबाट बुधबार पठाइएको पत्रबारे छलफल गर्न सर्वोच्च अदालतको प्रशासनिक बैठक बसेको छ ।
बैठकमा पत्र कसरी गयो भन्नेबारे छलफल भइरहेको अदालत प्रशासन स्रोतले जनाएको छ । पत्र आधिकारिक च्यानलबाट नगएको स्रोत बताउँछ ।
पत्र पठाइएको विवरण सर्वोच्च अदालतको कुनै ढड्डामा नभेटिएको एक कर्मचारीले बताए । पत्र पठाउने महिमानसिंह विष्ट सर्वोच्च अदालतको अधिकृतस्तरीय कर्मचारी हुन् ।