वैशाख १६, काठमाडौं । पुनर्वास नगरपालिका–९ स्थित जनजागरण सामुदायिक वनमा पुनर्वास–९ ‘ख’ गाउँका ६८ वर्षीय सगराम भुल र उनकी ६६ वर्षीया श्रीमती गंगादेवी भुल मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक झलक शर्माका अनुसार दुवै जनाको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको छ ।
‘११ वैशाखमा छोरासँग विवाद भएपछि उनीहरू घरबाट ससुराली जाने भन्दै निस्केका थिए,’ प्रहरी निरीक्षक शर्माले भने, ‘त्यसपछि उनीहरूसँग सम्पर्क हुन नसकेपछि आफन्तहरूले भोलिपल्ट इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा खोजतलासका लागि निवेदन दिएका थिए । सोमबार बेलुका दुवै जना मृत फेला परेका छन् ।’
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।