• बैशाख १६ २०८२, मंगलवार

राजावादीहरू पहिलोपटक एकै मञ्चमा

बैशाख १५ २०८२, सोमबार

काठमाडौं । छुट्टिएको साढे तीन वर्षपछि कमल थापा र राजेन्द्र लिङ्देन एकै मञ्चमा उभिएका छन् ।

२०७८ मंसिरमा भएको राप्रपाको एकता महाधिवेशनमा अप्रत्याशित रुपमा पराजित भएपछि राप्रपा नेपाल ब्युँताएका कमल थापाको राजनीतिक कार्यक्रममा सम्भवतः पहिलो पटक राजेन्द्र लिङ्देन सहभागी भए ।

सोमबार काठमाडौंको रत्नपार्कमा आयोजित कार्यक्रममा राजेन्द्र लिङ्देन पुग्दा राजावादी पंक्ति उत्साहित देखिएको छ ।सडकमै राखिएको कुर्सीमा एकसाथ यी दुई नेता बसेपछि राजा र हिन्दुवादी खुसी भए । कमल थापा सँगैको कुर्सीमा बस्न पुग्दा लिङ्देनले दाजु भनेर सम्बोधन गरेका थिए ।

लिङ्देनको उपस्थितिले थापा पनि हँसिलो मुद्रामा देखिए । २०७८ मंसिरको महाधिवेशनपछि लामो समय नबोलेका यी दुई नेताबीच पहिलो पटक यो तहको सौहार्दता देखिएको हो ।