२४ माघ, काठमाडौँ । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । राष्ट्रियसभा बैठक सुरु हुनुअघि संसद भवन बानेश्वरमा परामर्श समितिको बैठक बसेको हो ।
आजको बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुँदैछन् । अध्यादेशका बारेमा सत्तापक्ष र प्रतिपक्ष विभाजित छन् । सत्तापक्षले अध्यादेशको पक्षमा उभिन आफ्ना सांसदहरूलाई ह्विप लगाएका छन् भने प्रतिपक्षले विपक्षमा मतदान गर्न भनेका छन् ।