माघ २३, काठमाडौं । सभामुख देवराज घिमिरेले आज दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । सभामुखले अध्यादेशलगायतका विषयमा छलफल गर्न प्रमुख सचेतकहरूको बैठक बोलाएका हुन् ।
बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ । यही बिहीबार प्रतिनिधिसभाको बैठक बोलाइएको छ । आजको बैठकमा प्रतिनिधिसभाको बैठकका एजेन्डाबारे पनि छलफल हुने बताइएको छ ।
सरकारले ल्याएको अध्यादेशका बारेमा सत्ता पक्ष र विपक्ष परस्परविरोधी कित्तामा देखिएका छन् ।