• माघ २१ २०८१, सोमबार

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

माघ २१ २०८१, सोमबार

माघ २१, काठमाडौं । झापाको कनकाई नगरपालिका–१, जुके कल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ गइरहेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर डाइभर्सनमा ठोक्किँदा झापा गाउँपालिका–६, शरणामतीका ५० वर्षीय हरिप्रसाद सिटौला गम्भीर घाइते भएका थिए ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै चिकित्सकले सिटौलालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।