• माघ २० २०८१, आईतवार

वामदेवको बबन्डर : मलाई समाजवाद लागु गर्न दिनुस्, नसके मृत्युदण्ड दिनुस् : वामदेव गौतम

माघ २० २०८१, आईतवार

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अध्यादेश देशमा समाजवाद निर्माण गर्न सकिने दाबी गर्दै नसकेको खण्डमा आफू मृत्युदण्डको सजाय भोग्न तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु,’ गौतमले भने, ‘मलाई मृत्युदण्ड दिइयोस् यदी समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस् । यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’

अहिले अध्यादेशले राजनीतिक माहोल तातेको भन्दै उहाँले अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको बताए ।

‘अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक थाहा छ,’ गौतमले भने, ‘अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्तहरू पूरा गर्नुपर्छ ।’ खिचडी राजनीतिलाई बहिष्कार गर्न गौतमको सुझाव थियो ।