बाडुल्की लाग्ने समस्याबाट छुटकारा यसरी पोउनुहोस् ः
– आफ्नो श्वासलाई लामोसम्म भित्र लिई केही सेकेण्डको लागि रोक्नुहोस् । यसले फोक्सोमा जमेको कार्बनडाइअक्साइड जब डायफ्रामबाट बाहिर निस्कन्छ तब बाडुल्की लाग्न बन्द हुन्छ ।
– पानीमा थोरै नून मिलाएर एक वा दुई घुट्की पिउनुहोस् । यसले बाडुल्की लाग्ने समस्याबाट तुरुन्त आराम मिल्छ ।
– कागतीको सेवनले बाडुल्की लाग्ने समस्यालाई रोक्न सकिन्छ । जब तपाईलाई बाडुल्की लाग्छ तब कागतीको एक चम्मच रसमा एक चम्मच महको मिश्रण गरी सेवन गर्नुहोस् । यसको सेवनले बाडुल्की लाग्ने समस्या तुरुन्त निको हुन्छ ।
– सिरकाको खट्टो स्वाद बाडुल्की रोक्न निकै मद्दत गर्छ । जब बाडुल्की लाग्छ तब एक चम्मच सिरकाको सेवन गर्नुहोस् । जसले तुरुन्त बाडुल्की लाग्न बन्द हुन्छ ।
-एक चम्मच चीनीको सेवन पनि बाडुल्की रोक्नको लागि अचूक उपाय मानिन्छ ।