• माघ २० २०८१, आईतवार

सम्बन्धविच्छेद ! सुमधुर सम्बन्धका लागि अपनाउनुहोस् यस्ता उपाय

माघ २० २०८१, आईतवार

कतिपय कुरा कसैलाई पनि भन्न नमिल्ने पनि हुन्छ । तर केही यस्ता कुरा छन् जो आफ्नो पार्टनरलाई भन्न छुटाउनु हुँदैन । यस्ता कुरा लुकाउँदा दाम्पत्य जीवनै समस्यामा पर्न सक्छ । तसर्थ सुमधुर सम्बन्धका लागि जिवनसाथीलाई निम्न कुरा भन्नै पर्ने हुन्छ ।

पार्टनरसँगको अपेक्षाविवाह नगर्दै पार्टनरसँग आफ्नो केही अपेक्षा छ भने त्यसलाई खुलस्त भन्न सक्नु पर्छ । यदि विवाह भइसक्यो भने पनि पार्टनरबाट आफूले के के अपेक्षा गरेको छ त्यसको बारेमा बताउन ढिलो गर्नु हुँदैन ।

निजी काम र एकान्तताविवाह अघि होस् वा प्रेम सम्बन्धमा, यदि कुनै निजी काममा जाँदै हुनुहुन्छ भने त्यसबारे पार्टनरलाई बताउन आवश्यक हुन्छ । साथै आफूलाई थोरै अलग राखेर एकान्तता खोज्नु भएको छ भने पनि यसलाई खुलस्त पार्टनरलाई भन्नु पर्ने हुन्छ । ताकी पछि यसका कारण कुनै द्वन्द्व सिर्जना नहोस् र सम्बन्धमा विश्वास रहिरहोस् ।

किनमेलकिनमेलका कुरामा पार्टनरबीच कुराकानी हुनु पर्दछ । साना वस्तु भन्दा पनि ठुलो बजेट वा महंगो चिज किन्दा यसको बारेमा पार्टनरलाई जानकारी गराउने र स्वीकृति लिनु पर्दछ । यसले खर्चको स्रोत र सम्बन्धमा आशंका पैदा हुनबाट बचाउँछ ।

परिवारको स्वभावविशेष गरी नयाँ सम्बन्ध गाँसिएपछि आफ्ना परिवारका सदस्यहरूको स्वभाव बारे पार्टनरलाई थाहा हुँदैन । तसर्थ यसबारे समय छँदै पार्टनरलाई सबैको स्वभाव बारे बताउँदा यसले सम्बन्धमा अड्चन आउने खतरा कम हुन्छ ।

यौन सम्पर्ककहिलेकाहीँ आफूलाई मुड नभएको बेलामा पनि पार्टनरले तपाईँलाई यौन सम्पर्कका बारेमा आग्रह वा कर गर्न सक्छन् । पार्टनरका लागि यो चाहना स्वभाविक भए पनि आफूलाई मुड छैन भने यस बारे खुलस्त भन्नु पर्ने हुन्छ । दुबैजना तयार नभएसम्म गरिने यौनसम्पर्क रुचिकर हुँदैन साथै निरर्थक हुन्छ । त्यसैले यसबारे भन्न अप्ठेरो मान्नु हुँदैन । एजेन्सी