• माघ १८ २०८१, शुक्रबार

बेइमानहरुले मलाई ठगे : डा. बाबुराम भट्टराई

माघ १६ २०८१, बुधबार

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

बुधवार नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराई पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरूसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताए ।

उनले बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई नै सिद्ध्याउने षड्यन्त्रमा लागेको उनको आरोप छ ।

उनले सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरूबाट ठगिएको टिप्पणी गरे । मधेसवादी र क्षेत्रीय दलहरू आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भए पनि अब सहकार्यको कुनै सम्भावना नरहेको समेत भट्टराईले स्पष्ट पारे ।

उनले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरूसँग सहकार्य गरे पनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ ।