• बैशाख १९ २०८२, शुक्रबार

टाइगर कप : समूह विजेता बन्दै एपीएफ क्वालिफायरमा, फेरि आयोजक टिमसँग भिड्ने

माघ १६ २०८१, बुधबार

माघ १६, काठमाडौं । एनसेल पाँचौँ टाइगर कप भलिबलको महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब अपराजित रहँदै क्वालिफायरमा पुगेको छ ।

बुधबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा आयोजक टाइगर ग्रुप, पोखरालाई ३९० को सोझो सेटमा पराजित गर्दै एपीएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो ।

एपीएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । पहिलो क्वालिफायरमा बिहीबार एपीएफ र टाइगर ग्रुपबीच नै प्रतिस्पर्धा हुनेछ ।