• बैशाख ९ २०८२, मंगलवार

राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन

माघ १२ २०८१, शनिबार

काठमाडौँ । राष्ट्रिय परिचयपत्र खारेजीको माग गर्दै नेपाल सूचना प्रविधि समाजले प्रदर्शन गरेको छ ।

शनिवार समाजले माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । सरकारले राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिएको र यसले गम्भीर साइबर सुरक्षा चुनौती ल्याउने प्रदर्शनकारीहरूले दाबी गरेका छन् ।

यो प्रदर्शन सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्रका सम्बन्धमा हालै गरेको फैसला पछि आयोजना गरिएको समाजले बताएको छ ।