कसरी बच्ने ?
-बाहिर हिँड्दा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।
-सामान्य मास्कले पूरै धुलो छेक्न सक्दैन, त्यसैले राम्रो मास्क प्रयोग गर्नुपर्छ ।
-आँखा, टाउकोलाई सुरक्षित राख्न चस्मा र स्कार्फ लगाउनु उत्तम हुन्छ ।
-बाहिरबाट घर फर्किएपछि सबैभन्दा पहिले साबुनपानीले राम्रोसँग हात–मुख धुनुपर्छ ।
-साबुनपानीले हात धुँदा हाम्रो हातमा रहेका ८० प्रतिशत कीटाणु नष्ट हुन्छन् ।
-विभिन्न सरुवा रोग सर्ने माध्यम धुवाँ–धुलो नै बन्ने गरेको छ ।
-यसकारण घर छिर्नुभन्दा पहिले हात–मुख राम्रोसँग धोएर जानुपर्छ ।