• माघ ९ २०८१, बुधबार

अनुहारमा चाउरीपन के कारण हुन सक्छ ?

माघ ८ २०८१, मंगलवार

चाउरीपनको मुख्य कारण उमेर नै हो ।
हाम्रो छालाको भित्रि भागमा कोलाजिन र इलास्टिन नामक फाइब्रस प्रोटिन पाइन्छ । जसले छालालाई कसिलो बनाइराख्ने काम गर्छ । तर, उमेर बढ्दै जाँदा छालाको राम्रो स्याहार पुगेन भने यो प्रोटिनको उत्पादनमा कमी आउन थाल्छ र छाला लचिलो बन्छ । त्यस कारण छालामा धर्साहरु आउन शुरु गर्छ ।

यसैगरी कसैको छाला उमेर नपुग्दै पनि चाउरी पर्छ । यसको मुख्य कारण भनेको सूर्यको ‘अल्ट्राभायलेट’ किरण हो । यसले छालाको ‘कोलाजिन’ घटाउँछ र ड्यामेज गर्छ । साथै,

छालामा उमेरभन्दा अगाडि चाउरीपन शुरु हुन्छ । कसैको जेनेटिक पनि हुन्छ । साथै, छालाको प्रकारले पनि निर्धारण गर्छ । चिल्लो छालाभन्दा सुख्खा छालामा चाँडै चाउरीपन शुरु हुन्छ ।

जेनेटिकली छाला सुख्खा छ र चाउरी पर्ने खालको छ भने उमेरभन्दा अगाडि नै यस्ता समस्या आउन सक्छन् । त्यसैगरी तनाव, धुम्रपान, मद्यपान, अव्यवस्थित जीवनपद्दति आदि कारणले पनि यस्तो समस्या आउन सक्छ ।