माघ ७, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरमा वडा सचिवमा कार्यरत साविक आदर्श गाविसका सचिव आस महमद अन्सारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अन्सारीले ३८ लाख ३० हजार ५०० रुपैयाँबराबर आर्थिक हिनामिना गरेको पाइएकाले मुद्दा दायर गरेको अख्तियारका केन्द्रीय प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनले साविक साविकको आदर्श गाविस भवानीपुर जितपुर (हाल जितपुर सिमरा उपमहानगरपालिका) को स्वामित्वमा रहेको गुदरी बजार र मिना बजारका सटरहरू उपभोक्तालाई भाडामा लगाउँदा अपनाएको विधि पारदर्शी नभएको अख्तियारको दाबी छ ।