• माघ ८ २०८१, मंगलवार

नेकपा एमालेबाट ५९ जना नेता कार्यकर्ताद्वारा सामूहिक राजीनामा

माघ ७ २०८१, सोमबार

७ माघ, धनगढी । नेकपा एमालेले भीम रावललगायत नेताहरूलाई निष्कासन गरेसँगै नेता कार्यकर्तामा तीव्र असन्तुष्टि देखिएको छ । यही असन्तुष्टिसँगै एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् । उनीहरूले रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले परित्यागको घोषणा गरेका छन् ।

उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भत्र्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।