• माघ ८ २०८१, मंगलवार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने महेन्द्र पाण्डे पनि पक्राउ

माघ ६ २०८१, आईतवार

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश कुमार त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँ सुर्यदर्शन हाइट बस्ने ३२ वर्षीय महानन्द जैसी भन्ने महेन्द्र पाण्डे रहेका छन् ।

यसअघि दोलखा घर भएका ललित कुमार केसीलाई प्रहरीले पक्राउ गरेको थियो । आफूमाथि आक्रमण गर्नेलाई कारबाही गर्न त्रिपाठीले प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएका थिए ।

यही माग २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध अदालतमा बहस गरेकै कारण उनका समर्थकले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गरेका थिए । उनीहरूमाथि प्रहरी वृत्त सिंहदरबारले ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।