• फाल्गुन २९ २०८१, बिहीबार

उच्च रक्तचाप नियन्त्रण गर्ने उपायहरू

माघ ६ २०८१, आईतवार

रक्तचाप भनेको मुटु खुम्चिदा र फैलिदा रक्त नलीको भित्तामा पर्ने दबाब हो । सामान्यतया रक्तचापलाई मिलिमिटर अफ मर्करी (mmHg) मा नापिन्छ । मुटु खुम्चिदा नापिएको रक्तचापलाई “सिस्टोलिक रक्तचाप” (SBP) भनिन्छ, र मुटु फैलिदा नापिएको रक्तचापलाई “डायस्टोलिक रक्तचाप” (DBP) भनिन्छ ।

उच्च रक्तचाप भनेको त्यस्तो अवस्था हो जहाँ SBP 140 mmHg बराबर वा सो भन्दा बढी रहिरहन्छ, अथवा DBP 90 mmHg बराबर वा सो भन्दा बढी रहि रहन्छ ।

रक्तचाप बढाउने कारण र नियन्त्रण गर्ने उपायहरू
धुम्रपानको सेवन: धुम्रपान पूर्णरूपले बन्द गर्नु अनिवार्य हुन्छ
मोटोपना: कम्तिमा १०% तौल घटाउनु पर्छ
शारीरिक गतिविधिमा कमी: प्रतिदिन आधा घण्टा भन्दा बढी हिड्नु पर्छ
मदिराको सेवन: अत्यधिक मदिरा सेवन गर्नु हुँदैन
नुनिलो खानेकुरा: नुन कम खानुपर्छ
मानसिक तनाव: मानसिक तनाव कम गर्नुपर्छ