• फाल्गुन २७ २०८२, बुधबार

कोशीका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

माघ ५ २०८१, शनिबार

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापामाथि आक्रमण भएको छ ।

शनिबार झापाको जामुनखाडीमा नेपाल प्रेस युनियनको कार्यक्रममा सहभागी भएर फर्किरहेका बेला थापामाथि आक्रमण भएको हो ।

थापा सवार गाडीलाई नेपाल विद्युत् प्राधिकरणको एक गाडीले बाटो छेकेर दुई व्यक्तिले उनीमाथि आक्रमण गरेका थिए । कोशी कांग्रेस संसदीय दलका नेतासमेत रहेका थापाका साथमा पार्टीका झापा सचिव कृष्ण हुमागाईं पनि थिए ।

स्थानीय बासिन्दाले आक्रमणकारीहरूलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । पक्राउ पर्नेमा विद्युत् प्राधिकरण सुरुङ्गाका चालक शिवसताक्षी नगरपालिका ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई नगरपालिका ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन्।

आक्रमणपछि थापालाई बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गरिएको र त्यसपछि उनी घर फर्केका छन् ।