काठमाडौँ । विदेश जानका लागि ६ महिनामा ३ लाख ९३ हजारले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागका अनुसार ६ महिनामा ३७ हजार महिला र ३ लाख २५ हजार पुरुषले श्रम स्वीकृति लिएका हुन् ।
विभागका अनुसार पुसमा मात्रै ६७ हजार जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ६० हजार पुरुष र ७ हजार महिलाले श्रम स्वीकृत लिएका हुन् । सबैभन्दा धेरै मेनपावरबाट वैदेशिक रोजगारीमा जाने तथ्यांकमा देखिएको छ ।