माघ ३, काठमाडौं । कपिलवस्तुमा गएराति दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा करिब साढे १० बजेतिर नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
मृत्यु हुनेमा लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक सैनामैना–४ बस्ने २७ वर्षीय रोमन थारु र यूपी ५५ ए एच ७०९० नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली रहेका छन् ।
उनीहरूको अस्पतालमा उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए । दुर्घटनामा घाइते २६ वर्षीय अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।