• माघ २ २०८१, बुधबार

माघे संक्रान्तिमा तिलको लड्डू, किन खाने कालो तिल ?

माघ १ २०८१, मंगलवार

माघे संक्रान्तिमा अति महत्वपूर्ण मानिने तिलको लड्डू अहिले अर्थात् जाडोयाममा बजारमा सजिलै उपलब्ध हुन्छ ।

तिलको लड्डूका धेरै स्वास्थ्य फाइदाहरु भएकाले जाडोयाम भरी यसको सेवन गर्न सकिन्छ । जाडोयाममा तिलको लड्डू सेवन गर्नु स्वास्थ्यका लागि सबै भन्दा राम्रो मानिन्छ ।

तिलको लड्डू स्वादका साथै अत्यधिक पोष्टिक पनि हुन्छ । तिलको दानामा विभिन्न पोषक तत्व समावेश हुन्छन् ।

क्याल्शियम, आइरन, म्याग्यनेशियम र फस्फोरसले परिपूर्ण तिलले हड्डि बलियो बनाउन सहयोग पुर्याउँछ ।

तिल स्वास्थ्यका लागि अति फाइदाजनक मानिन्छ, किनभने तिलमा जींक, आइरन, भिटामिन बी ६, भिटामिन ई र सेलेनियम जस्ता पोषक तत्व पाइन्छ ।

तिलमा समावेश आवश्यक फ्याटी एसिडबाट बालबालिकामा राम्रो एकाग्रता हुनुका साथै दिमागको विकासलाई बढाउँछ ।

तिलको लड्डू सेवनले बालबालिकामा शक्ति बढ्छ । तिलको दानाबाट प्राकृतिक रुपले शक्ति प्राप्त हुन्छ, जसले बालबालिकालाई सक्रिय र खेलमा व्यस्त बनाउँछ ।

तिलको लड्डू सेवनले हरेक उमेरका व्यक्तिको हड्डी बलियो र स्वास्थ्य राख्न सहयोग पुर्याउँछ । तिलमा प्रर्याप्त मात्रामा क्याल्शियम र फस्फोरस पाइन्छ जसले हड्डी बलियो बनाउँछ ।

तिलमा पर्याप्त मात्रामा फाइबर समावेश हुन्छ । तिलको लड्डू खानाले पाचन प्रणाली स्वस्थ रहनुको साथै कब्जियत पनि हटाउन सहयोग पुर्याउँछ ।

कालो तिल स्वादले भरिपूर्ण हुनुको साथै पौष्टिक तत्वको पनि समृद्ध स्रोत हो । जाडोयाममा कालो तीलको सेवनले विशेष लाभ प्राप्त हुन्छ ।

कालो तीलमा स्वस्थकर बोसो, फाइबर, प्रोटीन, भिटामिन बी कम्प्लेक्स भिटामिन ई र विभिन्न प्रकारको खनिज पदार्थ हुन्छन् ।

तिलको विशेषता तातो हुने भएकाले यसको सेवनले चिसोबाट बचाउन सहयोग पुर्याउँछ ।

कालो तिलको सेवनले रक्तचाप-कोलेस्ट्रोलको स्तरलाई कम गरेर मुटु रोगबाट बचाउन सहयोग पुर्याउँछ ।

कालो तिल फाइबरले भरिपूर्ण हुन्छ, जसले पाचनमा लाभ प्राप्त हुन्छ र कब्जियतको जोखिम कम हुन्छ ।