• माघ २ २०८१, बुधबार

कृषि मन्त्रालयले उखु किसानलाई चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ अनुदान

पुष २९ २०८१, सोमबार

२९ पुस, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चार वर्षमा ४ अर्ब ७ करोड रुपैयाँ बढी रकम उखु किसानलाई अनुदान दिएको छ । आर्थिक वर्ष २०७७-७८ देखि २०८०-०८१ सम्ममा ४ अर्ब ७ करोड २४ लाख २१ हजार रुपैयाँ उखु किसानलाई अनुदान स्वरूप रकम वितरण गरेको हो । सो रकम २ लाख ७४ हजार ५ सय ७७ किसानलाई रकम दिएको मन्त्रालयको दाबी छ ।

गत आर्थिक वर्ष २०८०-०८१ मा १ अर्ब ३२ करोड ८० लाख ४९ हजार रुपैयाँ ६१ हजार ४५७ जना किसानले प्राप्त गरेका थिए । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष ०७९-०८० मा ९९ करोड ५१ हजार ३४ हजार रुपैयाँ ५२ हजार ९८ किसानलाई उखुको रकम अनुदान दिएको छ ।

आर्थिक वर्ष २०७८-०७९ मा ७७ करोड ९४ लाख ६४ हजार रुपैयाँ ४१ हजार २५ जना किसानलाई दिइएको थियो । आर्थिक वर्ष २०७७-०७८ मा ९६ करोड ९७ लाख ७३ हजार रुपैयाँ ५१ हजार ४० किसानलाई उखुको रकम अनुदान स्वरूप अनुदान वितरण गरिएको मन्त्रालयको तथ्याङ्क छ ।