• जेष्ठ २६ २०८२, आईतवार

स्कुलको बसले ठक्कर दिँदा बालिकाको मृत्यु

पुष २८ २०८१, आईतवार

मकवानपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।
आइतबार अपराह्न पौने ४ बजे मनहरी गाउँपालिका-६ नयाँबस्तीमा स्कुलको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको भएको छ ।
ठक्करपछि प्रहरीले बालिकालाई हेटौंडा अस्पताल पठाएको थियो।
उपचारको क्रममा साँझ सवा ५ बजे मृत्यु भएको हो।