काठमाडौं । धरौटीमा बिहिबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज बयानका लागि काठमाडौं जिल्ला अदालतमा हाजिर हुने भएका छन्।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा जिल्ला अदालत, कास्कीबाट गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछाने काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले काठमाडौं अदालतमा हाजिर हुन लागेका हुन्।
बिहिबार रिहा भए लगत्तै शुक्रबार जिल्ला अदालतमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण आज मात्रै हाजिर हुन लागेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।