मान्छेलाई कपालमा चाया पर्ने समस्याले धेरै पिरोलेको छ। कतिपयले कपाल पुरै खौरिएर यो समस्या समाधान भयो भनेर सोच्नु हुन्छ तर त्यस्तो हुँदैन। कसैलाई टाउकोमा चाया परेको छ भने त्यो कपालको जराबाट नै आउने हो। मानिसको कपालमा जाडो र गर्मी दुवै मौसममा चाया पर्ने गर्दछ। कपालमा चाया पर्ने समस्याका कारण अधिकांश मानिस तनावमा हुने गर्दछन्। कपालको नियमित सफाइ नहुँदा टाउकोमा चाया पर्ने सम्भावना बढी हुन्छ।
टाउकोमा रहेको बाहिरी छालाका कोष मर्ने र नयाँ पलाउने क्रम चलिरहन्छ। जसले मानिसको टाउकोमा सेतो मसिना फुस्रो दाग तथा कणहरू देखा पर्छन् जसलाई चाया भनिन्छ। चाया पर्नुको कारण कपालको सफाइमा ध्यान नदिनु पनि हो। शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणले पनि चाया पर्ने हुन्छ। विभिन्न रोग, अखाद्य वस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्ने हुन्छ। साथै अत्यधिक तनाव लिने, शारीरिक थकानको काम गर्ने र केही एलर्जीले समेत चाया पर्दछ। कपालमा तेल धेरै हुँदा पनि चाया पर्छ, फंगसको कारण, लामो समयसम्म ननुहाउनुले, यस्तै घाममा धेरै बस्दा, टाउकोमा धेरै पसिना आउने भएमा, टाउकोलाई गुम्स्याएर राख्दा, चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काइँयो प्रयोग गर्दा पनि चाया पर्छ। कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ।
भिटामिनयुक्त खाना, नियमित रूपमा कपाल नुहाउँदा, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्दा चायाको समस्याबाट बच्न सकिन्छ । त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्याउनुपर्छ ।
चायाको समस्यालाई शतप्रतिशत निको पार्न गाह्रो छ । तर, यसको असरलाई कम गर्न भने त्यति गाह्रो छैन । तर, चायाले तालु रातो हुने, चिलाउने र रगत बग्ने, पोल्ने र छाला खुइलिने जस्ता समस्या हुन्छ ।
टाउकोमा चाया पर्न नदिन पहिलो कुरा त टाउकोको नियमित सरसफाई गर्नपर्दछ । साथै सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउछ । पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ । नियमित रुपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ ।
चाया हटाउने घरेलु उपाय
– गोलभेडाको पेस्ट मिलाएर कपालमा लगाएर १५/२० मिनेट छोडेर कपाल धोएमा चाया कम हुँदै जान्छ ।
– अमिले दहीमा थोरै पानी मिसाएर कपालमा लगाएर ३० मिनेट जति राखेर नुहाउदाँ पनि कपालको चाया कम हुँदै जान्छ ।
– रहरको दाललाई रातभर पानीमा भिजाएर बिहान उठ्ने बितिक्कै पिसेर कपालमा लगाउनुस् र आधा घन्टा जति छाडेर नुहाउनुस् कपालमा रहेको चाया जान्छ ।
– एलोभेराको रस निकालेर कपालमा दल्नुस् र आधाघन्टा जति राखेर पखाल्नुस् चाया हटेर जान्छ ।
– मेथीको दानालाई रातभर ढड्याएर राख्नुस् र बिहान उठेर त्यसको पेष्ट बनाएर कपालमा लगाई आधा घन्टा जति कुरेर पखाल्नुस् कपालको चाया निख्रन्छ ।
– ग्लीसीरिन र गुलाव जल मिलाएर राख्नुस र हरेक दिन नुहाउने बितिक्कै अलिकति दल्ने गर्नुस तपाईँको कपालबाट चाया हराएर जान्छ ।
– नरिवलको तेल र कपुर मिलाएर राख्नुस् र नुहाउनु भन्दा आधा घन्टा अघि मसाज गर्नुस् चाया हराएर जान्छ ।
– एक ग्लास पानीमा चार चम्चा बेसन घोलेर पेस्ट बनाउनुस र कपालमा लगाएर एक घन्टा जति छोडेर नुहाउनुस् तपाईँको कपालबाट चाया हट्छ । -एजेन्सी