• पुष २२ २०८१, सोमबार

शैक्षिक क्यालेन्डर पालना नभए विश्वविद्यालयमा जाने स्रोत रोक्ने चेतावनी

पुष १६ २०८१, मंगलवार

१६ पुस, काठमडौं । विश्वविद्यालयहरूले शैक्षिक क्यालेन्डर पालान नगरे सरकारले विश्वविद्यालयमा जाने स्रोत रोक्ने तयारी गरेको छ । सोमबार विश्वविद्यालय अनुदान आयोगमा भएको सबै विश्वविद्यालयको पदाधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले क्यालेन्डर पालना नभए स्रोत रोक्ने बताएकी हुन् ।

शैक्षिक क्यालेन्डर कार्यान्वयन नहुँदा समयमा कक्षा, परीक्षा र नतिजा प्रकाशित हुन सकेको छैन । मन्त्री भट्टराईले समबन्धनको विषय पेचिलो बनेकाले वैज्ञानिक दृष्किोणबाट हेरिनुपर्ने बताइन् । ‘विश्वविद्यालय स्वायत्र् संस्था भएकोले नियन्त्रणको आवश्यकता नपर्ने तर स्वअनुशासन र स्वः नियन्त्रण आवश्यक छ,’ उनले भनिन् । आफूले सम्बन्धन दिएको कलेजको स्थिति अनुगमन गर्न पनि मन्त्री भट्टराईले निर्देशन दिइन् ।