• पुष २२ २०८१, सोमबार

देउवाले बरु प्रधानमन्त्री खानुस् तर भुटानी काण्डमा मलाई जोगाउनुस् भनेपछि ओली प्रधानमन्त्री बने : पुन

पुष १५ २०८१, सोमबार

दाङ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान कांग्रेस–एमालेको सरकारले सही काम नगरेमा माओवादी केन्द्र जनताको एजेण्डा बोकेर सडकमा जाने बताएका छन् ।

वर्तमान सरकार जनताको चाहाना पूरा गर्न भन्दा पनि बिचौलिया, भ्रष्टाचारी र सुशासनका बाधकहरूको रुचि अनुसार बनेको दाबी गरेका उनले राष्ट्रियता र जनतन्त्रका मुद्दालाई नजरअन्दाज गरेमा सरकार विरुद्ध माओवादी सडकमा उत्रने चेतावनी दिए ।

माओवादी केन्द्र प्युठानको नौबाहिनी गाउँपालिकाको तेस्रो अधिवेशनमा बोल्दै उनले भने, ‘देउवा बालकोट पुगेर नक्कली भुटानी शरणार्थी काण्डमा ‘जसरी हुन्छ बचाउनुस् प्रधानमन्त्री खानुस् भनेर ओलीलाई अफर गरे, बेचन झाहरु पक्राउ परेपछि जसरी हुन्छ हामीलाई बचाउनु प्रधानमन्त्री लिनु भन्ने अफर भयो । बालकोटमा पनि एउटा तरंग भइरहेको थियो । त्यसपछि रातारात गठबन्धन बन्यो । सुशासनको अभियान कमजोर बनाउन, बिचौलियाहरूको डिजाइनमा सरकार बनाए ।’

पूर्व अर्थमन्त्रीसमेत रहेका उपमहासचिव पुनले सरकार छोड्दा आफूहरूलाई कुनै चिन्ता नभएको र ८४ सालसम्म माओवादी सरकारमा पनि नजाने बताए ।