• बैशाख १० २०८२, बुधबार

ओलीकै जिल्ला पुगेर प्रचण्डको चेतावनी : ‘गिरिबन्धुको फाइल खोलेरै छोडिन्छ, ओली जस्तो कपटी कोही छैन’

पुष १५ २०८१, सोमबार

काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गिरिबन्धु टि–स्टेट घोटालाको फाइल खोलेरै छाड्ने दोहोर्‍याएका छन् । सोमबार प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापा पुगेर उनले गिरिबन्धु, यति, ओम्नी, वाइडबडी लगायतका फाइल खोलेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

‘मलाई जबरजस्ती तानाशाही तरिकाले प्रधानमन्त्रीबाट हटाइएको छ । गिरिबन्धु, यति, ओम्नी, वाइडबडी घोटालाको फाइल खोलेर नै छाड्छु भनेको छु । मेरो सुई गिरिबन्धुतिर जाँदै थियो । त्यहाँ जाने भनेको ओलीतिर जाने भनेको हो । बेचन झा गिरफ्तार भइसकेपछि सुई अर्कोतिर पनि सोझियो । त्यही भएर आतंक भएको हो तपाईंले ढुक्कसँग बुझे हुन्छ । फाइल खोलेरै छाडिन्छ’, उनले भने ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री ओली जस्ता जाली, झेली र कपटी मान्छे कोही नभएको बताए ।