• आश्विन ९ २०८१, बुधबार

४९ अंक बढ्यो सेयर बजार, कारोबार घट्यो

आश्विन ९ २०८१, बुधबार

९ असोज, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ४९.१८अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २५१९ अंकमा कायम भएको छ । बजार बढ्दा कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८१ करोडमै खुम्चियो । कारोबार सुरु हुँदा बजार ओरालो लागेको थियो । ११ : ३२ बजे नेप्से २४४४ अंकसम्म झरेको थियो । त्यसपछि बढेको बजार दिनभर रातो हुन पाएन ।

म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ १.८, विकास बैंक २.७५, फाइनान्स ३.८०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर २.६०, लगानी १.५६, जीवन बीमा १.९१, उत्पादन १.४४, माइक्रोफाइनानस १.४९, निर्जीवन बीमा १.६७, अन्य १.७५ र व्यापार समूह १.७८ प्रतिशत बढे । २१० कम्पनीको मूल्य बढ्दा ३० को घट्यो भने ४ को स्थिर रह्यो । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत् र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

माथिल्लो मैलुङखोला जलविद्युतको ९.५४, कुथेली बुकरी स्मल हाइड्रोको ८.३, आत्मनिर्भर लघुवित्तको ८, सिनर्जी पावरको ७.७ तथा रुरु जलविद्युतको मूल्य ७.४ प्रतिशत बढ्यो । हिमालयन हाइड्रोपावरको ६.३ तथा स्वरोजगार लघुवित्तको ६.१ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर, सीईडीबी हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, अपी पावर क्रमशः अगाडि रहे ।