• आश्विन ४ २०८१, शुक्रबार

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

आश्विन १ २०८१, मंगलवार

काठमाडौं, असोज १ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला पाँच सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला छ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।सोमबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

सोमबारको उक्त मूल्य हालसम्मकै उच्च हो । त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।