• आश्विन ३ २०८१, बिहीबार

ब्याजदर घट्दा पनि सेयर बजारमा उच्च गिरावट

भाद्र ३१ २०८१, सोमबार

३१ भदौ, काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर घटाएका दिन पनि सेयर बजारमा उच्च गिरावट आएको छ । बैंकहरूले सोमबार सार्वजनिक गरेको निक्षेपको ब्याजदरअनुसार अधिकांशले घटाएका छन् । औसत निक्षेपको ब्याजदर पनि घटेको छ । तर सोमबार बजारको परिसूचक नेप्से भने ५७.०३ अंक घटेको छ ।
सो अंकको गिरावटपछि नेप्से २५८० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ३३ करोडको कारोबार भएकोमा आज ७ अर्ब ३६ करोडमा खुम्चियो । कारोबार सुरु भएदेखि नै दिनभर बजारमा खरिद पक्ष कमजोर देखियो ।
असोजका लागि पनि घट्यो ब्याजदर

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ १.५९, विकास बैंक २.७२, फाइनान्स ५.६६, हाइड्रोपावर २.२८, लगानी २.५३, जीवन बीमा १.९१, उत्पादन १.७१, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा १.०१, अन्य २.३३ तथा व्यापार २.७६ प्रतिशत घटे । कुल १४ कम्पनीको मूल्य बढ्दा २२७ को घट्यो भने ३ को स्थिर रह्यो । आत्मनिर्भर लघुवित्र् तथा हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूय ९.९ प्रतिशत बढ्यो । रावा इनर्जीको मूल्य ५.३, राप्ती हाइड्रोको ५.३ प्रतिशत मूल्य बढ्यो । गुडविल फाइनान्सको ९.९, थ्रीस्टार हाइड्रोपावरको ९.३, नेपाल फाइनान्सको ८.४, सिर्जनशील लघुवित्तको ८.२ तथा मितेरी डेभलपमेन्ट बैंकको मूल्य ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।