• मंसिर १२ २०८१, बुधबार

सुनको मूल्यले फेरि बनायो ऐतिहासिक रेकर्ड, आज कतिमा हुँदैछ करोबार ?

भाद्र २८ २०८१, शुक्रबार

काठमाडौं, भदौ २८ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसअघि गत बुधबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

उक्त दिन सुन प्रतितोला एक लाख ५३ हजार चार रूपैयाँमा कारोबार भएको थियो । आज सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढी हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ ।बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबारको तुलनामा भने शुक्रबार सुनको भाउ प्रतितोला तीन हजार रूपैयाँ बढेको हो ।शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिललो दिनको तुलनामा प्रतितोला ६५ रूपैयाँ बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।