• मंसिर १२ २०८१, बुधबार

घट्दैछ यूरो र बेलायती पाउण्डको विनिमय दर

भाद्र १४ २०८१, शुक्रबार

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज २०८१ साल भदौ १४ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

शुक्रबार अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्ड घटेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ।
युरो एकको खरिद दर १४८ रुपैयाँ ५८ पैसा र बिक्री दर १४९ रुपैयाँ २५ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ६६ पैसा र बिक्री दर १७७ रुपैयाँ ४५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।